Logo

चार लाख बढी कोरोना संक्रमित सन्चो भएर घर फर्किए



Spread the love

३० चैत, काठमाडाैँ । यति बेला विश्व नै कोरोना भाइरसको महामारीसँग जुधिरहेको छ । भाइरसको नयाँ संक्रमन रोक्न कयौँ मुलुक लकडाउन गरिएका छन् । सर्वसाधारणहरूलाई बाहिर निस्किन, भिडभाड गर्न बन्देज गरिएको छ । पसल, गाडी लगभग बन्द जस्तै छन् । नयाँ संक्रमितको सङ्ख्या बढ्दो छ ।

विश्व स्वास्थ्य सङ्गठनले महामारी नै घोषणा गरिसकेको कोरोना भाइरसले अहिलेसम्म १७ लाख बढीमा संक्रमण फैलिसकेको छ । कोरोना विरुद्धको कुनै औषधी नबनेको भए पनि तीमध्ये चार बढी कोरोना संक्रमित उपचार पछि घर फर्किएका छन् । अहिलेसम्म करिब १ लाख बढीको भने मृत्यु भइसकेको छ ।

अहिलेसम्म विश्वभर १७ लाख ८० हजार ३ सय १२ जनामा कोरोना संक्रमण देखिएको छ भने १ लाख ८ हजार ८ सय २६ जनाको मृत्यु भइसकेको छ । ४ लाख ४ हजार २९ जना सन्चो भएर घर फर्किसकेका छन् ।

कोरोना संक्रमणको नयाँ बिरामी भेट्टिएपछी नेपाल चैत ११ गतेदेखि सुरु भएको पहिलो लकडाउन १८ गते सम्म घोषणा गरिएको थियो । नेपाल सरकारले अब वैशाख ३ गतेसम्म लकडाउनको समय बढाएको छ, अझै बढाउने सम्भावाना रहेको छ । नेपालमा अहिलेसम्म ९ जनामा कोरोना संक्रमण भेटिएको छ ।

अत्यावश्यक काम बाहेक अरुका लागि हिड्डुल नगर्न निर्देशन गरिएको छ । सामान्य बिरामीलाई समेत अस्पताल नजान भनिएको छ । अनावश्यक भिड गर्न बन्देज गरिएको छ । २१ दिनका लागि पुरै देश लकडाउन गरेको छ छिमेकी भारतले थप २ हप्ता थपेको छ ।

कोरोना मानव जातिका लागि खतरा त छ्दैछ । तर, यसलाई न्यूनीकरण गर्न भने नसकिने हैन । यसका लागि सरकारले निर्देशन गरेको बाटोमा हिँड्नु र व्यक्तिगत सावधानी नै उत्तम विकल्प हो । यसबाट बच्न नियमित साबुन पानीले हात धुने, मास्क लाउने, भिडभाडमा नजाने, घरमै बस्ने आदी गर्न सके कोरोना संक्रमणबाट बाच्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्