Logo

आईपीएलको बारेमा तत्काल सोच्न सकिँदैन- सौरभ गांगुली



Spread the love

एजेन्सी । भारतीय क्रिकेट कन्ट्रोल बोर्डका अध्यक्ष तथा पूर्व क्रिकेट खेलाडी सौरभ गांगुलीले तत्काल आईपीएलको बारेमा केही पनि सोंच्न नसकिने बताएका छन् ।

सौरभ गांगुलीले एक अङ्ग्रेजी समाचारसँग कुरा गर्दै भने, “अहिलेको हालतमा आईपीएलको आयोजना हुन मुश्लिल छ । हामीले यस अवस्थालाई हेरिरहेका छौँ । यस समय हामी केही भन्न सक्दैनौँ । सबै बन्द अवस्थामा छ, यस्तो लाग्छ कि मेको मध्यसम्म यस्तै हुनेछ ।”

“सोमबार अधिकारीहरुबीच बैठक बसेपछि निर्णय गरिनेछ । विश्वभरको जीवनमा बिचलन आएको छ, यस्तो अवस्थामा खेलको भविष्य के होला ? मेमा पनि आईपीएलको आयोजना नहुन सक्छ । आईपीएल नहुँदा बीसीसीआई र फ्रेन्चाइज टिमलाई भारी घाटा हुनेछ, ” गांगुलीले थपे ।

आईपीएल बारेमा चाँडै नै फैसला हुन सक्छ । कोरोनाको कारणले गर्दा बिम्बलडन र ओलम्पिक खेल रोकिसकेको छ । यस्तो अवस्थामा आईपीएलको आयोजना हुने असम्भव नै हो । भारतमा लकडाउन गरिएको छ । लकडाउनको अवधि ३० अप्रिलसम्म थपिएको छ ।

प्रतिक्रिया दिनुहोस्