Logo

कोरोना अपडेट: कुन देशको अवस्था कस्तो ?



Spread the love

१ बैशाख, काठमाडाैँ । चीनको बुहानबाट सुरु भई कोरोना महामारी विश्वभर फैलिएको छ । कोरोनाबाट अमेरिका, इटाली, स्पेन, फ्रान्स र बेलायतजस्ता देशहरु बढी प्रभावित भएका छन् ।

चीनमा १०८ नयाँ केस देखिएको छ । तीमध्ये धेरैजसो बाहिरबाट आएका हुन् । चीनमा २ जनाको ज्यान गएको छ । चीनमा ज्यान गुमाउनेहरुको सङ्ख्या ३, ३૪१ पुगेको छ भने संक्रमितको सङ्ख्या ८२, १६० पुगेको छ । यसै गरी ७७, ६६३ जना निको भई घर फर्किसकेका छन् ।

अमेरिकामा २૪ घण्टामा २६, १५७ जना नयाँ संक्रमित थपिएका छन् । अमेरिकामा कोरोनाबाट संक्रमित हुनेहरुको सङ्ख्या ५ लाख ५६ हजार पुगेको छ भने ૪२, ७३५ जना निको भएका छन् । अमेरिकामा २२, ०७३ जनाले ज्यान गुमाइसकेका छन् । संक्रमितहरुमध्ये ३૪ % केस न्यूयोर्क सहरमा रहेका छन् ।

भारतको अान्ध्र प्रदेशमा सार्वजनिक स्थानमा थुक्नको लागि बन्देज गरिएको छ । हिजो राजस्थान, गुजरात र तेलंगाना प्रदेशमा सार्वजनिक स्थानमा थुक्नको लागि बर्जित गरिएको थियो ।

जर्मनीमा मार्च महिनादेखि पहिलो पटक कम सङ्ख्यामा संक्रमित भएका छन् ।

बेलायतमा कोरोनाबाट संक्रमित हुनेहरुको सङ्ख्या र मर्नेहरुको सङ्ख्या अत्याधिक बढेको छ । हिजो पनि बेलायतमा अत्याधिक मात्रामा संक्रमित र ज्यान गुमाउनेको सङख्या बढी रहेको थियो ।

कुन देशमा कति संक्रमित ?

क्यानडा: १, ०६५ नयाँ केस, ६२ जनाको मृत्यु
जम्मा: २૪, ३८३ जना संक्रमित, ७६૪ जनाको मृत्यु

ब्राजिल: १, २०५ नयाँ केस, ८२ जनाको मृत्यु
जम्मा: २२, १६९ जना संक्रमित, १, २२३जनाको मृत्यु

स्पेन: २, ९९२ नयाँ केस, ३६६ जनाको मृत्यु
जम्मा: १, ६६, ०१९ जना संक्रमित, १६, ९७२ जनाको मृत्यु

जर्मनी: २, ७१५ नयाँ केस, २०० मृत्यु
जम्मा: १,२७, ६३१ जना संक्रमित, ३, ०१५ जनाको मृत्यु

बेलायत: ५, २८८ नयाँ केस, ७३७ जनाको मृत्यु
जम्मा: ८૪, २७९ जना संक्रमित, १०,६१२ जनाको मृत्यु

इटाली: ૪, ०९२ नयाँ केस, ૪३१ जनाको मृत्यु
जम्मा: १, ५६, ३६३ जना संक्रमित, १९, ८९९ जनाको मृत्यु

फ्रान्स: १, ०७६ नयाँ केस, ५६१ जनाको मृत्यु
जम्मा: १,३०, ७३० जना संक्रमित, १૪, ३९३ जनाको मृत्यु

  • एजेन्सी

प्रतिक्रिया दिनुहोस्