Logo

सरसफाइ र सामाजिक दूरी बाहेक कोभिड-१९ बाट बच्न अरु के के गर्नुपर्दछ ?



Spread the love
Duniyakhabar.com

काठमाण्डौं । कोरोनाको महामारीको कारण सबैजना घरमा कैद भएका छन् । विश्वभर फैलिएको महामारीको औषधि अझै भेटिएको छैन ।

वैज्ञानिकहरु यसको औषधि खोज्नमा व्यस्त छन् । तत्काल कोरोनाबाट बच्ने एक तरीका छ र त्यो तरिका हो सामाजिक दुरी । अब हामीले केही सावधानीहरु सधैंको लागि अपनाउनु पर्ने छ । जस्तो कि पटक-पटक अनुहार छुनु, हात धोईरहनु, सरसफाइमा ध्यान दिनु तर कोरोनाबाट बच्नको लागि यति गरेर मात्र हुँदैन ।

कोरोना भाइरसबाट बच्नको लागि तपाईंहरुलाई केही आदतहरु सुधार्नु पर्नेछ । विज्ञहरुबाट जानौँ कि कुन-कुन खराबबाट कोरोना संक्रमण हुने खतरा बढ्दछ । यदि तपाईंमा ध्रुमपान अथवा ई- सिगरेटको आदत छ भने तुरुन्तै छाड्नुहोस् । न्यूयोर्कको रिप्रोडक्टिभ मेडिसि एसोसियट्सका अनुसार कोरोना भाइरसले श्वासप्रश्वास प्रणालीमा इन्फेक्सन फैलाउँदछ । त्यसैले फोक्सोलाई सही अवस्थामा राख्नु जरुरी छ ।

फोक्सोसम्बन्धि समस्याहरुले गर्दा कोरोना संक्रमण हुने सम्भावना प्रबल हुन्छ । ध्रुमपान तथा ई-सिगरेटको लत छुटाउनाले तपाईंको फोक्सो सही अवस्थामा आउँछ र कोरोनाबाट बच्न सकिन्छ । सफा नगरीकन कुनै पनि सामानको सतहलाई छुनासाथ हात धुनुको साथै वरपरको क्षेत्रलाई पनि सफा राख्नु पर्दछ । आरएमएका अनुसार संक्रमणबाट बच्नको लागि हातको साथै सहतको सरसफाइ पनि जरुरी हुन्छ ।

ती सतह जसलाई तपाईं दैनिक रुपमा प्रयोग गर्नुहुन्छ । जस्तै डेस्क, ढोकाको चुकुल र तपाईंको फोन । पटक-पटक सामान किन्न जाँदा जति पटक तपाईं घरबाट बाहिर निस्किनु हुन्छ, उति नै संक्रमित हुने खतरा बढ्दछ । वेस्टमेड मेडिकल ग्रुपका अनुसार सकेसम्म सामान एकैचोटि किन्ने कोसिस गरौँ । सकेसम्म घरबाट बाहिर कम निस्कौँ । जति बाहिर गयो उति संक्रमण बढ्ने सम्भावना हुन्छ ।

डाक्टरको अनुमतिबिना कुनै औषधि चलाउनु हुँदैन । यसै गरी असुरक्षित यौनसम्पर्क र अत्याधिक मात्रामा रक्सी पिउनु हुँदैन । यदि तपाईं युवा हुनुहुन्छ र तपाईंको रोग प्रतिरोधात्मक क्षमता बढी छ भने कोरोना संक्रमण नहुने भन्ने हुँदैन । सावधानी भने अपनाउनु पर्दछ । कोरोना भाइरसको लक्षण ढिलो देखिन्छ । कुनै लक्षणबिना पनि संक्रमित हुन सकिन्छ ।

कोरोना भाइरसको इन्कुवेसन पिरियड १૪ दिनको हुन्छ । त्यसैले बिरामीमा कुनै लक्षण देखिनुभन्दा पहिला केही दिनसम्म संक्रमित हुन सक्दछ । यदि तपाईंले कोरोनाको लक्षण महसुस गरेमा डाक्टरको अनुमतिबिना डाक्टर कहाँ जानु हुँदैन । लक्षण देखिएमा डाक्टरलाई सूचना दिनुपर्दछ ताकी उनले भनुन् कि कोरोनाको परीक्षण गर्न कहाँ जानु पर्दछ । बिना अनुमति डाक्टरकहाँ जाँदा आफ्नोसहित अरुको ज्यान पनि जोखिममा पर्दछ । अनलाइनमा अफवाह सुन्नु र सामाजिल सञ्जालमा झुण्डिरहनु ठिक हुँदैन । मानिसहरु बिना चिकित्सा अनुभव विभिन्न किसिमका सल्लाह दिने गर्दछन् । यस्ता खालका भ्रामक खबरलाई अस्वीकार गरी विज्ञहरुको कुरालाई मनन गर्नु पर्दछ ।

माउण्ट बुद्ध मिडिया द्वारा सञ्चालित सल्लेरी खबर सूचना विभागमा २७ नम्बरमा दर्ता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्