Logo

कोरोना भाइरस: कहाँ के के भईरहेको छ ?



Spread the love
Governments ramp up preparations for coronavirus pandemic ...

एजेन्सी । चीनको बुहानबाट सुरु भएको महामारी अहिले विश्वभर फैलिएको छ । सारा विश्व नै कोरोनाबाट आतंकित भएको छ ।

औषधि फेला पर्न सकेको छैन । यसबाट बच्ने उपाय भनेको सामाजिक दुरी हो । जतिसक्दो अरुबाट टाढा बस्दा यस भाइरसको संक्रमणबाट बच्न सकिन्छ । अहिलेसम्म विश्वभरमा १९ लाख २९ हजार २ सय २७ जना मानिस संक्रमित भएका छन् भने १ लाख १९ हजार ७ सय ५९ जना मानिसले ज्यान गुमाइसकेका छन् । यसै गरी निको भई घर फर्किनेको सङ्ख्या ४ लाख ५२ हजार ९ सय ६२ रहेको छ ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले कोरोनाबिरुद्ध लड्नको लागि आर्मीको सहयोग लिन सकिने बताएका छन् । रुसमा कोरोनाबाट संक्रमितको सङ्ख्या २० हजार नाघिसकेको छ ।

न्युजिल्याण्डले ७ दिनको लागि इमर्जेन्सी अवधि बढाएको छ ।

भारतमा मे ३ सम्म लकडाउन थपिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अप्रिल २० पछि कुनै ठाउँमा कोरोनाको संक्रमण देखिएन भने लकडाउन नगरिने पनि बताएका छन् ।

यसै गरी मोदीले भारतले कोरोना बिरुद्ध लड्नको लागि विश्वलाई उदाहरण दिएको बताएका छन् ।

गेम अफ थ्रोन्सका कलाकार क्रिस्टोफेर हिभ्जु कोरोना भाइरसबाट निको भएका छन् ।

फ्रान्सका राष्ट्रपति म्याक्रोनले मे ११ सम्म लकडाउन बढाएको घोषणा गरेका छन् ।

ह्वाइट हाउसका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डाक्टर एन्थोनी फोसीलाई नहटाउने भएका छन् ।

जोन होपकिङ्ग कलेजले कोरोना भाइरसबाट २० लाखभन्दा बढी संक्रमित भएको र १ लाख १९ हजारभन्दा बढीको ज्यान गएको बताएको छ ।

भारतमा गएको २૪ घण्टामा १२१‍१ जना संक्रमित भएका छन् भने ३१ जनाको ज्यान गएको छ । भारतमा १०, ३६३ जना संक्रमित भई सकेका छन् भने ३३९ जनाको ज्यान गई सकेको छ । भारतको महाराष्ट्रमा कोरोनाका संक्रमित अत्याधिक रहेका छन् ।

चीनमा ८९ जना नयाँ केस थपिएका छन् जसमध्ये ८६ जना बाहिरबाट आएका हुन् । पाकिस्तानमा गएको २૪ घण्टामा ३૪२ नयाँ केस भेटिएका छन् । उक्त केससहित पाकिस्तानमा संक्रमित हुनेहरुको सङ्ख्या बढेर ५, ७१६ पुगेको छ । यसै गरी कोरोनाको कारणले पाकिस्तानमा ९६ जनाको ज्यान गई सकेको छ । १, ३७८ जना निको भई घर पुगिसकेका छन् भने लगभग ७० हजारको परीक्षण भई सकेको छ। पाकिस्तानको पञ्जाबमा लगभग आधा केस रहेका छन् ।

एनबीएका स्टार खेलाडी रसेल वेस्टब्रोकले हस्टनका विद्दार्थीलाई ६५० ल्यापटप सहयोग गरेका छन् ताकी ती विद्दार्थीले घरैमा बसेर सिकुन् ।

अमेरिकामा गएको २૪ घण्टामा २५, ८७૪ नयाँ संक्रमित थपिएका छन् भने १५३५ जनाको ज्यान गएको छ । यससँगै संक्रमित हुनेहरुको सङ्ख्या ५ लाख ८१ हजार ९१८पुगेको छ । ૪३ हजारभन्दा बढी निको भई घर फर्किसकेका छन् भने कोरोनाको कारणले गर्दा २३, ६०८ जनाको ज्यान गएको छ । न्यूयोर्क सहरमा सबैबवन्दा बढी संक्रमित रहेका छन् । अमेरिकामा झण्डै ३० लाखमा कोरोना परीक्षण गरिसकिएको छ ।

प्रतिक्रिया दिनुहोस्