Logo

भारत पछाडी हट्यो



Spread the love

badh bibad

दुई देशको सम्झौता विपरीत दशगजा क्षेत्रमा भारतीयहरुले बाँध निर्माण गर्न खोजेपछि सुरु भएको विवाद हाललाई सुल्झेको छ।
आज दुई पक्षबिच कुनौलिमा यस्तो सहमति भएको हो। भारतीय पक्षले नेपाली भुमि डुवानमा पर्ने गरी सप्तरीको तिलाठिको दशगजामा बाँध निर्माण थालेकै केहि समयपछि नेपालीहरुले भत्काइदिएपछी झडप भइ तनाव उत्पन्न भएको थियो र तत्कालका लागि प्राविधिक अनुसन्धानबिना बाँध निर्माण अगाडी नबढ्ने भएपछि भारतीयहरु पछि हटेका हुन्।
भारतीय पक्षले सिमा सुरक्षा बलको आडमा नेपालीहरुमाथी ढुङ्गामुढा गरेपछि तिलाठिवासिहरु प्रतिकारमा उत्रिनु परेको थियो।
आक्रमणमा ढुङ्गाले लागेर ४ नेपालीहरु घाइते भएका र उनीहरुको उपचार अञ्चल अस्पताल राजबिराजमा भइरहेको स्थानीय प्रहरी अधिकारीले जानकारी दिएका छन।

प्रतिक्रिया दिनुहोस्