Logo

लकडाउनमा कडाइ : काठमाडौँमा बिहान मात्रै लकडाउन उल्लंघन गर्ने २ हजार जनालाई कारबाही



Spread the love

३ वैशाख, काठमाडाैँ – कोरोना भाइरसको संक्रमण दिनप्रति दिन फैलिन थालेसँगै रोकथामका लागि गरिएको लकडाउनमा कडाइ गरिएको छ । काठमाडाैँमा नै २ जना कोरोना संक्रमणको पुष्टि भएसँगै उपत्यकाको लकडाउनमा अझ कडाइ गरिएको हो ।

आज बिहान ८ बजेसम्ममा प्रहरीले लकडाउनको नियम उल्लंघन गरेको भन्दै २ हजार भन्दा बढीलाई उपत्यकाबाट नियन्त्रणमा लिएको छ । त्यसै गरी उपत्यका मै लगभग २ सय ५० सवारीसाधनलाई होल्ड तथा कारबाही गरिएको प्रहरी कार्यालयले जनाएको छ ।

सरकारले कोरोना भाइरसका नयाँ संक्रमित थपिएसँगै वैशाख १५ गतेसम्म देशभर लकडाउनको घोषणा गरेको छ ।

अहिलेसम्म नेपालमा १६ जना कोरोना संक्रमितको पहिचान भएको छ । त्यसमध्ये १ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्