Logo

सलमानको सन्देशः माक्स लगाऔँ अनि सामाजिक दुरी कायम गरौँ



Spread the love

४ वैशाख, एजेन्सी । बलिउडका हस्ती सल्लुभाई अर्थात् सलमान खान कोरोना भाइरसलाई लिएर जागरुकता फैलाउने काम गरिरहेका छन् । सलमान खानले सामाजिक सञ्जालमा भिडियो सेयर गर्दै माक्स लगाउन र सामाजिक दुरी कायम गर्न आग्रह गरेका छन् ।

सलमानले इन्स्टाग्राममा पोस्ट गरेको भिडियोमा भनेका छन्,”माक्स लगाउनु र सामाजिक दुरी कायम गर्नु अहिलेको अवस्थामा निकै महत्वपुर्ण छ । किन तपाईंले आफ्नो परिवार र देशका मानिसको ज्यान खतरामा राख्नुहुन्छ ? अरुलाई भेट्न नजाऔँ । डाक्टर र प्रहरीको इज्जत गरौँ, उनीहरु बचाउन लागि परिरहेका छन् ।”

“केही मूर्खहरुको कारणले गर्दा यो बिमारी धेरै फैलिएको छ र लकडाउन बढाउन परेको छ । नत्रभने उहिल्यै सबै ठिक हुन्थ्यो र हामी सबै काममा लागिरहेका हुन्थ्यौँ,” सलमान खानले थपे ।

भारतमा कोरोनाबाट संक्रमित हुनेहरुको सङ्ख्या बढिरहेको छ । भारतमा कोरोनाबाट संक्रमित हुनेहरुको सङ्ख्या १२, ३८० पुगिसकेको छ भने ૪१૪ जनाको ज्यान गईसकेको छ । १, ૪८९ जना निको भई घर फर्किसकेका छन् । भारतमा सबैभन्दा बढी केस महाराष्ट्रमा देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्