Logo

कोरोना भाइरस पत्ता लगाउने महिला को थिइन् ?



Spread the love

कोरोना भाइरसको खोजी गर्ने महिला स्कटल्याण्डको एक बस ड्राइभरकी छोरी थिइन् । उनको नाम थियो जून अलमेइडा।

कोरोना नयाँ भाइरस हो । तर, यो भाइरसको एक प्रकारको खोज डाक्टर अलमेइडा सन् १९६૪ मा लण्डनको सेन्ट थोमस अस्पतालमा रहेको ल्याबमा गरेकी थिइन् ।

जुन अलमेइडाडाको जन्म सन् १९३० मा स्कटल्याण्डको ग्लास्गो सहरको उत्तर-पूर्वमा पर्ने एक बस्तीमा भएको थियो । १६ सालको उमेरमा नै स्कुलको पढाइ सकेर ग्लास्गो सहरमा रहेको ल्याबमा जागिर गर्न थालेकी थिइन् । पछि उनी नयाँ सम्भावनाको खोजी गर्दै लण्डन आइन् र उनले सन् १९५૪ मा भेनेजुएलाका कलाकार एनरिके अलमेइडासँग बिहे गरिन् ।

मेडिकल क्षेत्रका लेखक जर्ज विन्टरका अनुसार बिहेपछि केही वर्षपछि यी दम्पती उनीहरूको छोरीको साथ क्यानडाको टोरेन्टो सहरमा गएका थिए ।

क्यानडाको ओन्टारियो क्यान्सर इन्स्टिच्युटमा डाक्टर जुन अलमेइडाले इलेक्ट्रिक माइक्रोस्कोपको साथमा आफ्नो उत्कृष्ट सीपको विकास गरिन् । यहीँ इन्स्टिच्युटमा काम गर्दागर्दै उनले यस्तो विधिको विकास गरिन् कि जसको सहयोगले भाइरसको बारेमा कल्पना गर्न निकै सजिलो भयो ।

लेखक जर्ज विन्टरले बिबिसीसँग कुरा गर्दै भने,” बेलायतले जुन अलमेइडा क्षमता बुझ्यो अनि सन् १९६૪ मा उनलाई लण्डनको सेन्ट थोमस मेडिकल स्कुलमा काम गर्नको लागि प्रस्ताव राखियो । यो त्यहीँ अस्पताल हो जहाँ बेलायती प्रधानमन्त्री बोरिस जोनसोनको उपचार भएको थियो ।

क्यानडाबाट फर्केपछि डाक्टर अलमेइडाले डाक्टर डेभिड टायरेलसँग काम गर्न सुरु गरिन् । डेभिडले त्यो दिनमा रुघाखोकी र ज्वरोमा अनुसन्धान गर्दथे । डाक्टर टायरेलले उनको टिमसँग मिली रुघाखोकीको दौरान नाकबाट बग्ने तरलको नमुना जम्मा गरी भाइरसलाई हेर्ने गर्दथे ।

डेभिडले जम्मा गरेको एक नमुना जसलाई बी-८१૪ नाम दिइएको थियो । जुन नमुना सन् १९६० मा एक बोर्डिङ स्कुलको छात्रबाट लिइएको थियो । उक्त नमुना अरूभन्दा निकै फरक थियो ।

डाक्टर टायरेललाई लाग्यो कि यस नमुनाको जाँच डाक्टर अलमेइडाको सहयोगबाट इलेक्ट्रोनिक माइक्रोस्कोपबाट होस् । उक्त नमुना जाँच्न पठाइयो । परीक्षण पश्चात् उक्त भाइरस इन्फ्लुइन्जाजस्तो नदेखिई फरक देखिएको बताइएको थियो ।

र यो यहीँ भाइरस हो जसको पहिचान डाक्टर अलमेइडाले कोरोना भाइरसको रूपमा गरेकी थिइन् ।

जर्जका अनुसार डाक्टर अलमेइडाले परीक्षण गर्दा यस भाइरसजस्तै कण पहिला मुसामा हुने हेपाटाइटिस र कुखुरामा हुने संक्रमण ब्रोन्काइटिसमा देखिएको थियो ।

जुनको पहिलो रिसर्च पेपर इन्फ्लुइन्जाको खराब तस्बिर प्रस्तुत गरेको भन्दै खारेज भएको थियो । तर नमुना बी-८१૪ को नयाँ अनुसन्धान सन् १९६५ मा प्रकाशित भएको ब्रिटिस मेडिकल जर्नल र त्यसपछि जर्नल अफ जनरल भाइरोलोजीमा तस्बिरको साथमा प्रकाशित भएको थियो ।

जर्ज विन्टरका अनुसार डाक्टर टायरेल, डाक्टर अलमेइडा र सेन्ट थोमस मेडिकल संस्थाका प्रोफेसर टोनी वाटरसनले यस भाइरसको बनावट हेरी कोरोना भाइरस राखेका थिए ।

पछि डाक्टर अलमेइडाले लण्डनको पोस्टग्राजुएट मेडिकल कलेजमा काम गरिन् र त्यहींबाट नै आफ्नो डाक्टरीको पढाइ पुरा गरिन् ।

आफ्नो करिअरको अन्तिम दिनमा डाक्टर अलमेइडाले वेलकम इन्स्टिच्युटमा थिइन् जहाँ उनले नयाँ नयाँ भाइरसको पहिचान गरिन् र आफ्नो नामलाई बढाइन् । वेलकमबाट सन्यास लिएपछि उनी योगा शिक्षक बनेकी थिइन् ।

अलमेइडाको मृत्यु सन् २००७ मा भएको थियो । त्यो समयमा उनी ७७ सालकी थिइन् ।

उनको निधनको १३ सालपछि उनले गरेको अनुसन्धानको आधारबाट विश्वभर फैलिएको यस भाइरसको संक्रमणबारेमा बुझ्न सजिलो भएको छ ।

  • एजेन्सी ।

माउण्ट बुद्ध मिडिया द्वारा सञ्चालित सल्लेरी खबर सूचना विभागमा २७ नम्बरमा दर्ता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्