Logo

गुल्मीमा २३ वर्षिया युवती मृत फेला, मृत्यु रहस्यमय



Spread the love

४ वैशाख, गुल्मी । गुल्मीमा एक जना युवतीको शव मृत अवस्थामा फेला परेको छ । जिल्लाको मदाने गाउँपालिका चार म्यालपोखरीकी २३ वर्षिया मिना कुँवरको शव भिरबाट करिब ४ मिटर तल लडेको अवस्थामा फेला परेको वडा नम्बर चारका वडा अध्यक्ष भीम प्रसाद भट्टराईले सल्लेरी खबर लाई बताए ।

हिजो साझा करिब ६/७ बजे तिर घटना घटेको र आज बिहान ८ बजेतिर थाहा भएको बताइएको छ । अहिले शवलाई पोस्टमार्टमको लागि तम्घास लैजाने तयारी भइरहेको छ ।

मृत्यु रहस्यमय

२३ वर्षीया मिना कुँवर अविवाहित महिला हुन । उनको गाउँकै एक जना पुरुष सङ प्रेम सम्बन्ध रहेको खुल्नमा आएको छ । वैवाहिक कुराका कारण आत्महत्या नभएर हत्या हुन सक्ने परिवारको आशंका रहेको छ । र, नाम नखुलाउने सर्तमा उनीहरूले किटानी जारी दिने कुरा समेत सल्लेरी खबरलाई बताए ।

सम्बन्धित थप समाचार

गुल्मी आत्महत्या प्रकरण: प्रेमी पक्राउ, घटना रहस्यमय बन्दै

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्