Logo

गुल्मी आत्महत्या प्रकरण: प्रेमी पक्राउ, घटना रहस्यमय बन्दै



Spread the love

५ वैशाख, गुल्मी – बिहिबार गुल्मीमा मृत भेटिएको एक युवतीको घटना रहस्यमय बन्दै गएको छ ।

गुल्मीको मदाने गाउँपालिका ४ म्यालपोखरीकी २३ वर्षीया मिना कुँवर बुधबार घरबाट दाउरा खोज्न निस्केकी थिईन भने बिहिबार आफ्नै वडा म्यालपोखरीको स्थानीय भिरमा मृत फेला फरेकी थिईन ।

प्रेमी पक्राउ

युवती आत्महत्या प्रकरण रहस्यमय बन्दै गैइरहेको छ भने हत्या आशंकामा उनका प्रेमी पक्राउ परेका छन् । मृतक कुँवरका आफन्तजनले दिएको किटानीका आधारमा प्रेमीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । प्रहरीले उनका प्रेमी भनिने सोहि ठेगानका २२ वर्षीय अनिल कुँवरलाई पक्राउ गरि अनुसान्धन अघि बढाएको छ ।

यस्तो थियो उनिहरुको प्रेम सम्बन्ध

उनका प्रेमी भनिने अनिल कुँवर वैदेशिक रोजगारको शिलशिलामा दुबइमा थिए । उनी दुबइमा हुँदा नै प्रेम सम्बन्ध रहेको उनकी दिदी बिजुला खत्रीले सल्लेरी खबरलाई बताईन । केही समय अघि उनी नेपाल आएको र उनकी बहिनी अर्थात् अनिलकी प्रेमिका मिना कुँवर उनलाई लिन काठमाडौँ गएको कुरा खुल्न आएको छ । त्यसैगरी उनिहरु काठमाडौँबाट केटाको दिदिको घर नवलपरासीमा आएर बसेको र बुटवल हुँदै घर गुल्मी आएको कुरा बुझिएको छ ।


गुल्मी आएपछि पनि उनिहरुको प्रेम सम्बन्ध यथावत् रहेको कुरा दिदी खत्रीले उल्लेख गरिन् ।
मृतक कुँवरका दाइ पर्ने एक युवकले उनीहरुको बिहे हुने कुरा सुनियो र यो कुरा केटाकेटीका घरपरिवार दुबैले थाहा पाएको बताए । एक आपसमा मोबाईल साटासाट गर्ने र फोन निरन्तर हुने कुरा उनकी दिदिले उल्लेख गरिन् । यस घटना थप बुझन खोज्दा वडा नम्बर ४ का वडा अध्यक्ष भिम प्रसाद भट्टराई माैन रहे ।

दिदिभाई हुदा बिहे असम्भव

प्रेमीप्रेमिका दिदिभाइ हुन् । हिन्दु परम्परा अनुसार एउटै गोत्र र दाजुभाईमा बिहे गर्न हुदैन भन्ने प्रचलन छ । एउटै गोत्र अर्थात दाजुभाईमा प्रेम सम्बन्ध बसेको घर परिवारले थाहा पाए पछि दुबै घरपरिवारले अस्वीकार गर्न खोजेको बताईएको छ । यता मृतक मिना कुँवरकी दिदी बिजुका खत्रीलाई उनकी माईतकी आमाले प्रेम सम्बन्ध रहेको कुरा जानकारी गराईन् । आँफुले अब उनिहरुको सम्बन्ध छ भने उनिहरुको खुसीमा खुसी हुन आँफुले आमालाई सम्झाएको कुरा सल्लेरी खबर लाई बताईन् । यस विषयमा चैत २८ गते पनि बहस चलेको उनले बताइन् ।


वैशाख ३ गते अर्थात् बुधबार मिना कुँवर स्थानीय जङ्गलमा दाउरा खोज्न गएकी थिईन । सोही ठाउँमा अरु युवासँगै उनका प्रेमी अनिल पनि गएको बुझिएको छ । अरु छिट्टै घर फर्किएको र उनिहरु अबेरसम्म त्यही बसेको स्थानीयले बताएका छन् ।

राती अबेरसम्म घर नर्फकिएपछि परिवारले फोन गर्दा ती युवाले उठाएको र मलाई त थाहा छैन भन्ने जवाफ दिएको बताईएको छ । घरमा बुढा बुवाआमा मात्र हुँदा कतै दिदिकोमा गई होलि भन्ने ठानेर बसेको उनकि दिदिले बताईन ।

फेरि दिदीसँग फोन सम्पर्क हुँदा तपाईकी बहिनी त जिउदो छैन होला भन्ने जवाफ ती युवाले दिएको दिदी खत्रीले बताईन ।


यसरी घटना रहस्यमय बनेको र आँफुहरुले न्याय को लागि किटानी जायरी दिएको खत्रीले बताईन ।

यो पनि पढ्नुहोस् :- गुल्मीमा २३ वर्षिया युवती मृत फेला, मृत्यु रहस्यमय

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्