Logo

चीनमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२ सयले थपियो



Spread the love

५ बैशाख, एजेन्सी । चीनले कोरोनाबाट मृत्यु हुने तथ्यांकमा संशोधन गरेको छ । चीनले बुहानमा मर्नेहरुको सङ्ख्यामा १ हजार २ सय ९० जना थपेको छ । यससँगै चिनमा मर्नेहरुको सङ्ख्या ૪ हजार ६ सय३२ पुगेको छ ।
चीनमा कोरोनाबाट संक्रमित हुनेहरुको सङ्ख्या ८२ हजार ६ सय ९२ रहेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बारबार चीनलाई तथ्यांक लुकाएको आरोप लगाउँदै आएका थिए । धेरैको मनमा त्यति धेरै जनसङ्ख्या भएको ठाउँमा त्यति थोरै संक्रमित र ज्यान जानेहरुको सङ्ख्या देख्दा चिसो पसेको थियो ।

विश्वभर गरी कोरोना भाइरसबाट १ लाख ૪५ हजारको ज्यान गइसकेको छ भने २१ लाख ५९ हजारभन्दा बढी संक्रमित भएका छन् । यसै गरी निको भइ घर फर्किनेहरुको सङ्ख्या ५ लाख ૪७ हजारभन्दा बढी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्