Logo

गुल्मीमा माइक्रो बस दुर्घटना सातको मृत्यु, छ घाइते उदयपुर जिप दुर्घटनामा चारजनाको मृत्यु नवलपरासी दुर्घटनामा परी एकको मृत्यु



Spread the love

गुल्मी, कात्तिक १३ गते । बुटवलबाट गुल्मीको सदरमुकाम तम्घास आउँदै गरेको माइक्रो बस गुल्मीको वीरवासमा दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ ।

आज बिहान तम्घासका लागि छुटेको बा४ख ५५०१ नंको माइक्रो गुल्मी दरबार गाउँपालिका वडा नं ४ मा दुर्घटना भएको हो ।

दुर्घटनामा सातजनाको मृत्यु भएको र छजना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीले जानकारी दिनुभयो । बुटवलबाट १३ जना यात्रु लिएर उक्त माइक्रोबस तम्घास आएको थियो ।

दुर्घटनमा मृत्यु हुनेहको सनाखत हुन नसकेको र प्रहरी र स्थानीयवासी उद्धार कार्यमा जुटिरहेको प्रमुख जिल्ला अधिकारी गोपाल आर्यालले जानकारी दिनुभयो ।

घाइतेको अवस्था हेरेर प्रहरीलाई पाल्पा पठाउन भनिएको उहाँले बताउनुभयो । दुर्घटनाको कारण खुल्न सकेको छैन । गाडीमा चालकसहित १५ जना रएकामा अन्य दुईजनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

जिप दुर्घटनामा चारजनाको मृत्यु

उदयपुर, गाईघाट । उदयपुरको कटारीबाट ओखलढुंगा जाँदै गरेको ना१ज ३४०४ नंको सुमो जिप आज दिउँसो २ बजे कटारी नगरपालिका–११ मा दुर्घटना हुँदा चार जनाको जटनास्थलमै मृत्यु भएको छ ।

जिप कटारी–११को खाँडी भन्ने ठाउँमा सडकबाट ४०० मिटर तल खसेर भएको सो दुर्घटनामा जिपमा रहेका अन्य छजना अझै नभेटिएको इलाका प्रहरी कार्यालयका प्रमुख महेन्द्रकुमार श्रेष्ठले बताउनुभयो ।

प्रहरी घटनास्थलतर्फ गइसकेकाले घटनाको थप विवरण आउने उहाँले जानकारी दिनुभयो ।

उदयपुर, गाईघाट, १३ कात्तिक (रासस) ः उदयपुरको कटारीबाट ओखलढुंगा जाँदै गरेको ना१ज ३४०४ नंको सुमो जिप आज दिउँसो २ बजे कटारी नगरपालिका–११ मा दुर्घटना हुँदा चार जनाको जटनास्थलमै मृत्यु भएको छ ।

जिप कटारी–११को खाँडी भन्ने ठाउँमा सडकबाट ४०० मिटर तल खसेर भएको सो दुर्घटनामा जिपमा रहेका अन्य छजना अझै नभेटिएको इलाका प्रहरी कार्यालयका प्रमुख महेन्द्रकुमार श्रेष्ठले बताउनुभयो ।

प्रहरी घटनास्थलतर्फ गइसकेकाले घटनाको थप विवरण आउने उहाँले जानकारी दिनुभयो ।

दुर्घटनामा परी एकको मृत्यु

नवलपरासी । नवलपरासीको सदमुकाम परासीस्थित रामग्राम नगरपालिका–४ जितपुरमा आज भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

दुईवटा मोटरसाइकल एक आपसमा ठक्कर खाँदा भएको सो दुर्घटनामा परी अन्य एक घाइते भएका छन् । दुर्घटनामा मोटरसाइकल चालक नवलपरासी रामग्राम नगरपालिका–२ बस्ने वर्ष १८ को रोशन हरिजनको उपचारका क्रममा पृथ्वीचन्द्र अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घटनामा परी घाइते भएका अर्को मोटरसाइकल चालक नवलपरासी रामग्राम–६ का ३५ वर्षीय प्रेमनारायण हरिजनको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

महेशपुरबाट परासीतर्फ आउँदै गरेको लु २ प ४२०० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु १ प ५१०८ नम्बरको मोटरसाइल एक आपसमा ठोकिँदा सो दुर्घटना भएको थियो । (रासस)

प्रतिक्रिया दिनुहोस्