Logo

भारतमा कोरोनाबाट संक्रमितको सङख्या १૪ हजार नाघ्यो



Spread the love

६ चैत, एजेन्सी । छिमेकी राष्ट्र भारतमा गएको २૪ घण्टामा कोरोनाको ९९१ नयाँ केस थपिएका छन् भने ૪३ जनाको मृत्यु भएको छ । नयाँ केसमा कमी आए पनि ज्यान जानेको सङ्ख्यामा भने वृद्धि भएको छ ।

अहिलेसम्म भारतमा १૪ हजार ३ सय ७८ जनामा संक्रमण देखिएको छ भने ૪८० जनाले ज्यान गुमाइसकेका छन् । झण्डै २ हजार जना निको भई घर फर्केका छन् । महाराष्ट्रमा सबैभन्दा बढी कोरोना संक्रमित रहेका छन् । यसै गरी राजस्थान, दिल्लीमा पनि संक्रमितको सङ्ख्या धेरै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्