Logo

पाकिस्तानमा भाइरसको संक्रमण उचाइमा पुग्दैछ- रफिक खनानी



Spread the love
Microscopic view of coronavirus.

६ चैत, एजेन्सी । पाकिस्तानका सरुवा रोग नियन्त्रण संघका अध्यक्ष रफिक खनानीले पाकिस्तानमा भाइरसको संक्रमण उचाइमा पुग्न थालेको बताएका छन् ।

रफिकले भने,”भाइरस छिरेको पचास दिनपछि संक्रमण पनि बढ्दैछ । यसलाई रोक्न सामाजिक दूरी कायम गर्नु बाहेक अरु विकल्प छैन । भाइरस कहिलेसम्म रहने हो यसको बारेमा केही भन्न सकिंदैन । संक्रमितको सङ्ख्या बढ्दै जाँदा झन् जटिल अवस्था आउँछ ।”

पाकिस्तानमा गएको २૪ घण्टामा कोरोनाका ૪ सय ६५ नयाँ केस थपिएका छन् । यससँगै पाकिस्तानमा कोरोनाबाट संक्रमित हुनेहरुको सङ्ख्या ७ हजार ૪ सय ८१ पुगेको छ । कोरोनाबाट १ सय ૪३ जनाको ज्यान गईसकेको छ । १ सय ८३२ जना निको भई घर फर्किसकेका छन् ।

सबैभन्दा बढी केस पाकिस्तानको पञ्जाबमा देखिएको छ । पाकिस्तानमा ९२ हजार ५ सय ૪८ जनामा परीक्षण गरिसकिएको छ ।

प्रतिक्रिया दिनुहोस्