Logo

वन्यजन्तुको मासुमा प्रतिबन्ध गर्न डब्ल्यूएचओद्वारा अपिल



Spread the love

एजेन्सी । कोरोना भाइरसको संक्रमणले विश्व आक्रान्त पारेपछि विश्व स्वास्थ्य संगठनले वन्यजन्तुको मासुमा प्रतिबन्ध गर्नको लागि सम्पूर्ण देशलाई अपिल गरेको छ ।

विश्व स्वास्थ्य संगठनका प्रमुख डा. टेड्रोस एडहनामले नयाँ आएका भाइरस जनावरबाट आएका भन्दै वन्यजन्तुको मासुमा प्रतिबन्ध लगाउन अपिल गरेका हुन् ।

चीनको बुहानमा भएको वेट मार्केटबाट भाइरस आएको भन्दै जीवजन्तुको मासुमा बन्देज लगाइनु पर्ने कुरामा उनी जोड दिन्छन् ।

टेड्रोस भन्छन्, “बजारमा लाखौँ मानिस आश्रित हुन्छन् तर बजारमा स्वच्छता भने छैन । स्वस्छताको मापदण्ड पुरा नगरेमा जनावर बिक्री गर्ने ठाउँ खोल्न दिनु हुँदैन ।”

धेरै मानिसहरुले जनावरबाट नै भाइरस फैलिएको दावा गरेका छन् । चीनको वेट मार्केटमा मुसा, गोही, चमेरोजस्ता जंगली जनावरहरुको काटमार गरी बिक्री गरिन्छ । वेट मार्केटबाटै सार्स फैकिएको हुनाले कोरोना पनि यहींबाटै फैलिएको विश्वास गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्