Logo

जनकपुरमा पैसा फाल्ने एक महिलाको आरडिटीमा कोरोना पोजेटिभ



Spread the love

६ वैशाख, काठमाडाैँ – जनकपुरमा पैसा फाल्दै हिडेकी महिलामा कोरोना पोजेटिभ देखिएको छ । आज आरडिटी परीक्षणमा पैसा फाल्ने मध्ये एक महिलामा पोजेटिभ देखिएको अस्पताल स्रोतले जनाएको हो ।

शुक्रबार पैसा फाल्दै हिडेका ती महिलाहरूमा कोरोना संक्रमणको आशंका गरिएको थियो । पक्राउ गरे लगत्तै आरडिटी परिक्षणकालागि प्रादेशिक अस्पताल डिएसपी रामेश्वर कार्कीले जानकारी दिए।

सिसिटिभी फुटेजको आधारमा पहिचान गरी जनकपुरधाम उपमहानगरपालिका–७ जानकीनगरकी आमुना खातुन र अलिना खातुनलाई शनिवार दिउँसो प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्