Logo

डाक्टर शेर बहादुर पुनलाई कामको शिलशिलामा बोलाइएको होः मन्त्रालय



Spread the love

६ वैशाख, काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डाक्टर शेरबहादुर पुनलाई कामको सिलसिलामा मन्त्रालय बोलाइएको बताएको छ ।

मन्त्रालयले फेसबुक पेजमा सूचना लेख्दै काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत पुनलाई कामको सिलसिलामा मन्त्रालय बोलाइएको जानकारी दिएको छ ।

मन्त्रालयको फेसबुक पेजमा मन्त्रालयले कार्यरत स्वास्थ्यकर्मीहरूलाई जुनसुकै निकायमा खटाउन सक्ने र सोही अनुसार डाक्टर पुनलाई बताएको छ ।

त्यसै गरी पुनलाई मन्त्रालय बोलाइएको बारे केही सञ्चारमाध्यम सहित सामाजिक सञ्जालमा स्वास्थ्यमन्त्रिको नाम समेत जोडेर दुष्प्रचार गरेको समेत बताउँदै सत्यतथ्य नबुझी प्रचार प्रसार नगर्न समेत सचेत गराएको छ ।

डा.पुनले सामाजिक सञ्जालमार्फत कोरोनाबारे विभिन्न तथ्य सार्वजनिक गर्दै आएका छन् ।

मन्त्रालयको फेसबुक पेजमा राखिएको सूचना

सम्बन्धित समाचार

कोरोना भाइरसबारे जानकारी दिने टेकु अस्पतालका डाक्टर पुनमाथि कारबाही

प्रतिक्रिया दिनुहोस्