Logo

कोरोनाका कारण भारतीय प्रहरीका एसपीको मृत्यु



Spread the love

७ वैशाख, एजेन्सी – कोरोना भाइरस तीव्र रूपमा फैलिइरहेका बेला भारतीय प्रहरीका एसपीको पनि कोरोनाको कारण मृत्यु भएको छ । पञ्जावका एसपी अनिल कोहलीको अपोलो अस्पतालमा उपचारको क्रममा निधन भएको भरतीय सञ्चारमाध्यम दैनिक भास्करले बताएको छ ।

दैनिक भास्करले जनाए अनुसार कोहली ५२ वर्षका थिए भने कोरोना संक्रमण भएपछि उनि अप्रिल ६ मा अस्पताल भर्ना भएका थिए ।

पञ्जाबका मुख्यमन्त्री अमरिन्दर सिंहले कोहलीको निधनमा दुःख व्यक्त गर्दै उनको परिवारलाई भारू ५० लाख दिने निर्णय पनि गरेका छन् ।

भारतमा काेराेना राेकथाम तथा नियन्त्रणका लागि खटिने अधिकारी वा कर्मचारीलाई संक्रमण भएर मृत्यु भयाे भने उसको परिवारले ५० लाख क्षतिपूर्ति पाउने निर्णय भारतले गरिसकेको छ ।

अहिलेसम्म भारतमा १५ हजार ७ सय २२ जनामा कोरोना संक्रमणको पुष्टि भइसकेको छ भने ५२१ को मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्