Logo

जनकपुरमा पैसा फाल्ने महिलाको कोरोना रिपोर्ट ‘नेगेटिभ’



Spread the love

७ वैशाख, काठमाडाैँ – जनकपुरमा पैसा फाल्दै हिडेकी महिलाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।शनिबार आरडिटीमा उनी मध्ये एकको रिपोर्ट पोजेटिभ आाएको थियो । तर, जनकपुरधाम स्थित प्रदेशिक अस्पतामा गरिएको पिसीआरमा उनीहरूको रिपोर्ट नेगेटिभ आएको छ ।

शुक्रबार पैसा फाल्दै हिडेका ती महिलाहरूमा कोरोना संक्रमणको आशंका गरिएको थियो । शनिबार पक्राउ गरे लगत्तै आरडिटी परिक्षणकालागि प्रादेशिक अस्पताल लगिएको थियो।

सिसिटिभी फुटेजको आधारमा पहिचान गरी जनकपुरधाम उपमहानगरपालिका–७ जानकीनगरकी आमुना खातुन र अलिना खातुनलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्