Logo

कोरोना अपडेट: भारत र पाकिस्तानको पछिल्लो अवस्था



Spread the love

७ वैशाख, एजेन्सी । छिमेकी राष्ट्र भारतमा संक्रमितको सङ्ख्या बढ्दै गएको छ । गएको २૪ घण्टामा भारतमा १३ सय ३૪ नयाँ केस थपिएका छन् भने ३५ जनाको ज्यान गएको छ । भारतमा पहिलो पटक एकैदिनमा यति धेरै संक्रमित भेटिएका हुन् तर मृत्यु हुनेको सङ्ख्या भने कम छ । भारतमा कोरोनाबाट १५ हजार ७ सय १२ जना संक्रमित भई सकेका छन् भने ५ सय ७ जनाको ज्यान गई सकेको छ । यसै गरी २ हजार २ सय ३० जना निको भई घर फर्केका छन् ।

भारतमा परीक्षण बढाइएको छ । ३ लाख ७२ हजार १ सय २३ जनाको कोरोना परीक्षण भई सकेको छ ।

भारतमा कोरोनाबाट सबैभन्दा बढी महाराष्ट्र प्रभावित भएको छ ।

भारतमा कहाँ कति संक्रमित ?

महाराष्ट्र: ३६५१
दिल्ली: १८९३
मध्य प्रदेश: १૪०७
राजस्थान: १३९५
गुजरात: १३७६
तमिल नाडु: १३७२
उत्तर प्रदेश: ९७૪
तेलंगाना: ८०९
आन्ध्र प्रदेश: ६०३
केरला: ૪००
कर्नाटक: ३८૪
जम्मु कश्मिर: ३૪१
वेस्ट बंगाल: ३१०

गएको २૪ घण्टामा पाकिस्तानमा कोरोनाका ५ सय १૪ नयाँ केस थपिएका छन् । नयाँ केससँगै पाकिस्तानमा कोरोनाबाट संक्रमित हुनेहरुको सङ्ख्या ७ हजार ९ सय ९३ पुगेको छ । कोरोनाबाट पाकिस्तानमा १५९ जनाको ज्यान गईसकेको छ । यसै गरी १८ सय ६८ जना निको भई घर फर्किसकेका छन् ।

पाकिस्तानमा कोरोनाबाट सबैभन्दा बढी प्रभावित भएको क्षेत्र पञ्जाब हो । ૪६ प्रतिशत केस पञ्जाबमा रहेका छन् । पाकिस्तानमा ९८ हजार ५२२ जनाले परीक्षण गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्