Logo

सेवामा खटिएका प्रहरी हवल्दारको मृत्यु



Spread the love

७ चैत, सोलुखुम्बु – सेवामा खटिएका प्रहरी हवल्दारको आज मृत्यु भएको छ । अस्थायी प्रहरीचौकी दोर्पुका इञ्चार्ज देवीप्रसाद भट्टराईको बिहान करीब ३ बजे काममा खटिएकै बेला मृत्यु भएको सोलुखुम्बु प्रहरी प्रमुख टेकुनन्दइवा लिम्बूले जानकारी दिए ।


लिम्बूका अनुसार काममै रहेका बेला शनिबार राति १२ बजे अत्याधिक पेट दुखेपछि उनलाई जिल्ला अस्पताल फाप्लु उपचारका लागि लगिएकामा बेहोश हुँदाहुँदै मृत्यु भएको हो । भोजपुर घर भई हाल सुनसरीमा बस्दै आएका ३८ वर्षीय भट्टराईका श्रीमती तथा दुई छोरा र एक छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्