Logo

कोरोना त्रासः खोटाङ प्रवेश गर्ने सम्पूर्ण नाका बन्द



Spread the love

८ वैशाख, खोटाङ – कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति खोटाङले जिल्ला प्रवेश गर्ने सम्पूर्ण नाका हप्तादिनका लागि बन्द गरेको छ । छिमेकी जिल्ला उदयपुरमा १२ सङ्क्रमित भेटिएसँगै खोटाङ पनि उच्च जोखिममा रहेको ठहर गर्दै समितिको आइतबार बसेको बैठकले जिल्ला प्रवेश गर्ने नाका सात दिनलाई रोक्ने निर्णय गरेको हो ।

दैैनिक उपभोग्यवस्तु भित्र्याउने तथा विभिन्न बहानामा बाहिरी जिल्लाका स्थानीय बासिन्दा जिल्ला भित्रिनेक्रम बढ्दै गएकाले नाका बन्द गरिएको समितिका संयोजक एवम् जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङले बताए । “नाका खुला हुँदा बाहिरी जिल्लासँगको आवतजावत जारी रहने र सङ्क्रमण फैलिन सक्ने सम्भावना बढी देखिएको छ”, उनले भने, “विश्वभर महामारीको फैलिएको कोरोना भाइरस नियन्त्रण गर्न जिल्ला प्रवेश गर्ने सम्पूर्ण नाका शिलबन्दी गरिएको हो ।”

प्रतिक्रिया दिनुहोस्