Logo

कोरोना विशेष : कोरोनाको लक्षण र यसबाट बच्ने उपाय



Spread the love

काठमाण्डौँ । चीनको बुहानबाट उत्पत्ति भई कोरोना भाइरसको महामारी विश्वभर छाएको छ । कोरोनाले गर्दा आजसम्म गरी १ लाख ६५ हजारभन्दा बढीको ज्यान गईसकेको छ भने संक्रमित हुनेहरुको सङ्ख्या २૪ लाख कटेको छ ।

इपिसेन्टर' युरोपमा अवस्था थप भयावह ...

कोरोनाबाट सबैभन्दा बढी अमेरिका, इटाली, स्पेन, फ्रान्स लगायतका देशहरु प्रभावित भएका छन् । कोरोना भाइरसले धनी गरिब भनी भेदभाव गर्दैन । हलिउडका कलाकार टम ह्याङ्क, उनकी श्रीमती रिटा ह्याङ्कदेखि लिएर बेलायती प्रधानमन्त्री बोरिस जोनसोनलाई समेत कोरोना संक्रमण भएको छ । कोरोना भाइरस कसरी फैलिन्छ र यसबाट बच्न के-के गर्नु पर्दछ भन्ने बारेमा यहाँ छलफल गर्दैछौँ ।

कोरोना भाइरसले फोक्सोमा आक्रमण गर्दछ । यसको खास लक्षण ज्वरो र सुख्खा खोकी हो । कोरोना भाइरसले गर्दा व्यक्तिलाई सास फेर्न पनि गाह्रो हुन्छ । यसै गरी कोरोनाको संक्रमणले शरीर दुख्ने, टाउको दुख्ने पनि हुन्छ । कोरोना भाइरसको संक्रमणपछि आउने खोकी साधारण खोकी हुँदैन । लगातार खोकी लाग्न सक्छ अथवा तपाईंलाई एक घण्टाभन्दा बढी लगातार खोकी लाग्न सक्ने हुन्छ अथवा तपाईंलाई एक घण्टाभन्दा बढी लगातार खोकी लाग्न सक्छ र २૪ घण्टाभित्रमा कम्तिमा पनि यस्तो समस्या ३ पटक देखिन सक्छ । यदि खोकीमा खकार आयो भने चिन्ताको विषय बन्न सक्छ ।

यस भाइरसको कारण शरीरको तापक्रम ३७.८ डिग्री सेल्सियससम्म बढ्न सक्दछ र जसको कारणके व्यक्तिको शरीर ताती जाडो लाग्न सक्छ । व्यक्तिको शरीरमा कम्पनको पनि महसुस हुन सक्दछ । कोरोनाको कारणले घाँटीमा खसखस, टाउको दुख्ने र पखाला लाग्ने पनि हुनसक्छ । हालचाल गरिएको एक अनुसन्धान अनुसार स्वादको महसुस र गन्धको महसुस नहुने पनि बताइएको छ । कोरोनाको लक्षण देखिन औषतमा ५ दिन लाग्ने मानिएको छ ।

तर कुनै मानिसमा चाँडै पनि लक्षण देखिन सक्छ । विश्व स्वास्थ्य संगठनका अनुसार भाइरस इन्कुवेसन पिरियड १૪ दिनको हुनसक्ने जनाएको छ । अस्पतालमा भर्ना गर्ने अवस्था कति बेला हुन्छ ? जब व्यक्तिले सास फेर्न सक्दैन तब उसलाई अस्पतालमा भर्ना गर्नु पर्दछ । बिरामीको फोक्सोको जाँच गरेर डाक्टरहरुले फोक्सोमा कति संक्रमण भएको छ भनी जाँच गर्छन् र बिरामीलाई भेन्टिलेटरको आवश्यक भए नभएको निर्क्यौल गर्दछन् ।

आईसीयूमा के हुन्छ ?

गम्भीर अवस्थाका बिरामीलाई आईसीयूमा राख्ने गरिन्छ । आईसीयूमा कोरोना संक्रमितलाई अक्सिजनको आवश्यक पर्ने हुनाले उसको मुखमा अक्सिजन माक्स लगाइ अथवा नाकमा ट्युबको माध्यमबाट अक्सिजन दिने गरिन्छ । अति गम्भीर बिरामीलाई भेन्टिलेटरबाट अक्सिजन दिने गरिन्छ । भेन्टिलेटरद्वारा सिधै फोक्सोमा अधिक मात्रामा अक्सिजन पठाइन्छ । यसको लागि बिरामीको मुख, नाक अथवा घाँटीमा चिरा लगाई फोक्सोमा अक्सिजन पठाइन्छ ।

कत्तिको घातक छ त कोरोना भाइरस ? विश्व स्वास्थ्य संगठनको अनुसार :

-६ प्रतिशत मानिसमा यस भाइरसको कारणले गर्दा गम्भीर बिरामी भएका छन् । उनीहरुमा फोक्सोले काम नगर्नुका साथै अन्य अंगले पनि काम नगर्न सक्दछ र ज्यान जाने सम्भावना बढी रहेको छ ।
-१૪ प्रतिशत मानिसमा सास फेर्न गाह्रो र चाँडो-चाँडो सास लिन समस्या देखियो ।
-८० प्रतिशत मानिसमा संक्रमणको सामान्य लक्षणजस्तै; ज्वरो, खोकी र कसैमा निमोनिया पनि देखियो । कोरोना भाइरस निमोनिया, दम, मधुमेह र हृदय रोगबाट ग्रसित मानिसलाई बढी असर गर्दछ । यसै गरी यसले उमेर ढल्केकाहरुलाई पनि बढी असर गर्दछ ।

बिरामीको रोग प्रतिरोधात्मक क्षमता अनुसार कोरोनाको उपचार हुने गर्दछ । त्यसैले रोग प्रतिरोधात्मक क्षमतालाई बढाउनु पर्दछ । यदि तपाईं संक्रमितको सम्पर्कमा आउनु भयो भने तपाईं केही दिनसम्म अरुबाट टाढै रहनु राम्रो हुन्छ ।

कोरोनाबाट बच्न के गर्ने ?

  • कोरोना भाइरसबाट बच्नको लागि नियमित रुपमा पटक-पटक साबुन पानीले राम्रोसँग हात धुनु पर्दछ ।
  • खोक्दा अथवा हाँछ्युँ गर्दा पेपरको प्रयोग गर्ने
  • प्रयोग गरेको पेपर डस्टबिनमा राख्ने अनि हात धुने
  • यदि तपाईंसँग टिस्यू पेपर छैन भने आफ्नो कुमको प्रयोग गर्ने
  • राम्रोसँग हात नधोईकन आफ्नो नाक मुख आँखा नछुने
  • संक्रमितको आसपास नजाने
  • माक्स र पञ्जाको प्रयोग गर्ने
  • सामाजिक दूरी कायम गर्ने
  • परिवारमा कसैलाई संक्रमित भएको देखिएमा आसपासको सम्बन्धित अधिकारीलाई फोन अथवा अनलाइन मार्फत् जानकारी गराउनु ।

माउण्ट बुद्ध मिडिया द्वारा सञ्चालित सल्लेरी खबर सूचना विभागमा २७ नम्बरमा दर्ता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्