Logo

सल्यानका एक युवामा कोरोनाको आरडिटी रिपोर्ट पोजेटिभ



Spread the love

८ वैशाख, सल्यान  सल्यान जिल्लाका एक युवामा कोरोना भाइरस (कोभिड १९) पोजेटिभको संकेत देखिएको छ ।जिल्लाको शारदा नगरपालिका १ चैबाङजिउलाका ३२ वर्षीय युवामा र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) विधिबाट कोरोना भाइरस परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय सल्यानका प्रमुख अर्जुन बुढाले सल्लेरी खबरलाई जानकारी दिएका छन् ।

कोरोना पोजेटिभ देखिएका युवालाई अहिले जिल्ला अस्पताल सल्यानको आइसोलेसनमा राखिएको छ । उनीमा कोरोना पोजेटिभ देखिए सँगै उनको परिवारलाई पनि कोरोना परीक्षण गरिएको छ । परिवारको कोरोना नेगेटिभ देखिएको छ । उनी चैत ६ गते युएईबाट नेपाल आएका थिए ।

आरडिटीमा कोरोना पोजेटिभ देखिएका युवाको स्वाब सङ्कलन गरेर कर्णाली प्रदेशको राजधानी सुर्खेत स्थित प्रयोगशालामा पीसीआर परीक्षणको लागि पठाइने छ । नेपालमा आरडिटीमा कोरोना पोजेटिभ देखिएका कति व्यक्तिको पीसीआर परीक्षणमा नेगेटिभ पनि देखिएको छ ।

सल्यान जिल्लामा र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) बाट अहिले सम्म परीक्षण गरिएका ६ सय ७४ मध्य १ जनामा मात्र कोरोना पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय सल्यानका प्रमुख बुढाले सल्लेरी खबरलाई बताए ।

माउण्ट बुद्ध मिडिया द्वारा सञ्चालित सल्लेरी खबर सूचना विभागमा २७ नम्बरमा दर्ता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्