Logo

कोरोना नियन्त्रणपछि कर्मचारीलाई एक महिने घुमफिर बिदा



Spread the love

काठमाडाैँ – संस्कृति, पर्यटन तथा नागरिक उड्ड्ययनमन्त्री योगेश भट्टराईले कोरोनाको महामारी नियन्त्रण भएपछि कर्मचारीलाई वार्षिक एक महिने घुमफिर बिदा दिने गरी योजना अघि सारेको बताएका छन् ।

मन्त्री भट्टरार्यले कोरोनाको महामारीले समग्र अर्थतन्त्रसहित पर्यटन क्षेत्रमा पारेको धारासायी अवस्था उकास्नका लागि एक महिने पर्यटन बिदा दिनेगरी योजना अगाडी बताएका छन् ।

कोरोनाको त्रासले लकडाउन खुल्ने बित्तिकै विदेशी पर्यटक आउने सम्भावना कम भएको भन्दै उनले पर्यटन क्षेत्रको आर्थिक अवस्था उकास्न विशेष राहत प्याकेज ल्याइने नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले ‘कोरोना महामारीले पर्यटन क्षेत्रमा पारेको असर र आगामी बाटो’ विषयको भिडियो अन्तरक्रियामा बताए ।

मन्त्री भट्टराईले पर्यटन क्षेत्रको पुनर्उत्थामा सरकार र निजी क्षेत्र मिलेर अगाडी बढ्ने पनि बताएका छन्।

प्रतिक्रिया दिनुहोस्