Logo

कोरोनाको सन्त्रास साम्य भएसँगै पर्यटन क्षेत्रलाई उकास्न सरकारले लामो बिदा दिने



Spread the love

८ वैशाख, काठमाडौं । कोरोना भाइरसले उथलपुथल बनाएको पर्यटन क्षेत्रलाई उकास्न सरकारले एक महिना पर्यटन बिदा दिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कोरोना महामारी रोकिएपछि पर्यटन क्षेत्र बचाउन एक महिना बिदा दिने योजना भईरहेको जानकारी दिएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले ‘कोरोना महामारीले पर्यटन क्षेत्रमा पारेको असर र आगामी बाटो’ विषयको भिडियो अन्र्तक्रियामा मन्त्री भट्टराईले पर्यटनको पुनर्उत्थानमा सरकार र निजी क्षेत्र मिलेर अगाडी बढ्ने बताएका हुन् ।

कोरोनाको असरबाट नेपालको पर्यटन क्षेत्रमा करिब १ खर्ब ६० अर्ब क्षति हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्