Logo

आज थप ९ जनामा कोरोना संक्रमणको पुष्टि, कोरोना संक्रमितको संख्या ४० पुग्यो



Spread the love

९ वैशाख, काठमाडाैँ – नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४० पुगेको छ । मंगलबार थपिएका ९ जना संक्रमित सहित नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या ४० पुगेको हो ।

मंगलबार उदयपुरमा ९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । उनीहरू ९ जना नै उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका १३ जना कोरोना संक्रमितसँग सम्पर्कमा रहेको बताइएको छ ।

मंगलबार धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ९ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो भने टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा एक जनालाई कोरोना संक्रमणको पुष्टि भएको थियो ।

उदयपुरको भुल्केमा कोरोना संक्रमितको संख्या बढेसँगै पुरा गाउँ नै शील गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्