Logo

उदयपुरका १३ कोरोना संक्रमित बसेको त्यो ठाउँ



Spread the love

९ वैशाख, काठमाडाैँ – सप्तरीमा उदयपुरका १३ जना कोरोना संक्रमित बसेको नयाँ ठाउँ पत्ता लागेको छ । सो ठाउँ पत्ता लागेसँगै विशेषज्ञको टोलीले सो स्थानमा परीक्षण तीव्र बनाएको छ ।

उदयपुरमा भेटिएका १३ जना कोरोना संक्रमित त्यहाँ जानुअघि सप्तरीको कञ्चनरूप नगरपालिका स्थित वडा नम्बर १२ को चर्खिया मस्जिदमा बसेको खुलेको छ । सो मस्जिदमा बसेर उनीहरू सप्तरीकै विभिन्न मस्जिद हुँदै उदयपुरको भुल्के मस्जिदमा पुगेको खुलेको छ ।

सप्तरीको सो स्थानमा कोरोना संक्रमित बसेको खुलेसँगै सो स्थानमा परीक्षणको काम तीव्र परिएको छ । हालसम्म सप्तरीमा ५ सय ४१ जनाको आरडिटी परीक्षण गरिएको छ।

प्रतिक्रिया दिनुहोस्