Logo

अमेरिकामा २४ घण्टा यता झन् तीव्र रूपमा फैलिँदै, अहिलेसम्मकै सबैभन्दा धेरैको मृत्यु



Spread the love

१० बैशाख , एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ ।

अमेरिकामा २४ घण्टा यता २ हजार ८ सय जनाको मृत्यु भएको छ । भने २८ हजार नयाँ संक्रमित थपिएका छन् । मृत्यु हुनेको यो संख्या एकैदिन अहिलेसम्मकै सबैभन्दा मृत्यु भएको दिन हो । यसअघि अमेरिकाकै २५ सय ६३ पुगेको थियो अर्थात् आफ्नो रेकर्ड आफैँ बेक्र गरेको छ ।

२१२ देशमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म अमिरिकामा मात्र   ४५ हजार ३ सय १४ जनाको मृत्यु भएको छ भने ८ लाख १९ हजार  संक्रमित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्