Logo

नेपालका तेश्रो संक्रमितले पनि जिते कोरोना



Spread the love

१० वैशाख, काठमाडाैँ – नेपालका तेश्रो कोरोना संक्रमित युवा कोरोना मुक्त भएका छन् । काठमाडाैँ टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा उपचाररत युवा पनि कोरोना मुक्त भएका हुन् ।

कोरोना संक्रमित युवाको चार पटकसम्मको रिपोर्ट नेगेटिभ देखिएपछि डिस्चार्ज गर्ने तयारी गरिएको अस्पतालका निर्देशक डा.सागर राजभण्डारीले जानकारी दिएका छन् ।

चैतको पहिलो साता दुवईबाट नेपाल आएका उनी कोरोना संक्रमण देखिएपछि टेकु अस्पताल भर्ना भएका थिए ।

उनी सहित कोरोना संक्रमित ६ जना नेपाली कोरोना मुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्