Logo

रहेनन् ‘टम एण्ड जेरी’का निर्देशक जीन



Spread the love

१० वैशाख, एजेन्सी – प्रसिद्ध कार्टुन ‘टम एण्ड जेरी’का निर्देशक जीन डिचको निधन भएको छ । निर्देशक डिचको ९६ वर्षको उमेरमा निधन भएको हो ।

बेलायती सञ्चार माध्यमहरूले जनाए अनुसार मंगलबार साँझ ओस्कार अवार्ड विजेता कार्टुनिस्ट डिच चेक रिपब्लिकको प्रागस्थित आफ्नै अपार्टमेन्टमा मृत फेला परेका थिए ।

डिचको मृत्युको पुष्टि गर्दै उनका प्रकाशक पेटर हमलले डिचको अप्रत्यासित निधन भएको र यसबारे थप जानकारी नदिएको बताएका छन् ।

‘पोपिइ द सेलर’ तथा ‘टम एण्ड जेरी’का लागि प्रसिद्ध डिचले ‘टोम एण्ड जेरी’को ३१ एपिसोडसम्म डिचले निर्देशन गरेका थिए ।

एनिमेशनको क्षेत्रमा डिचले गरेको जीवन्त योगदानको कदर गर्दै २००४ मा उनलाई विन्सर म्याक्काइ अवार्डबाट सम्मान गरिएको थियो ।

‘टोम एण्ड जेरी’का साथै उनले मन्रो, टम टेरिफिक र नडनिक जस्ता कार्टुन पनि सिर्जना गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्