Logo

कोरोना पोजेटिभ व्यक्तिलाई भेटेका पाकिस्तानी प्रधानमन्त्रीको कोरोना रिपोर्ट आयो



Spread the love

एजेन्सी । पाकिस्तानी प्रधानमन्त्री इमरान खानको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । इमरान खानले एक जनालाई भेटेका थिए जसको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । पोजेटिभ रिपोर्ट आएपछि कतै ममा पनि सरेको छैन इमरानले चेक गरेका थिए ।

बितेको दिनमा इमरानले ईघी फाउण्डेसनका प्रमुख फैसल ईघलाई भेटेका थिए । जो पाकिस्तानी सरकारलाई कोरोना विरुद्ध लड्नको लागि दश मिलियनको चेक दिन आएका थिए । त्यसपछि ईघीले कोरोना चेक गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।

इस्लामाबादको एक अस्पतालका डाक्टरले इमरानको स्याम्पल जम्मा गरेका थिए । डाक्टर फैसल सुल्तानले इमरानको रिपोर्ट नेगेटिभ आएको बताएका छन् ।

पाकिस्तानमा कोरोनाबाट संक्रमित हुनेहरुको सङ्ख्या १० हजारको नजिक पुगेको छ भने २ सय भन्दा बढीको ज्यान गएको छ । पाकिस्तानको सिन्ध र पन्जाब प्रदेशमा कोरोनाले बढी प्रभावित पारेको छ ।

प्रतिक्रिया दिनुहोस्