Logo

कोरोना भाइरसले फोक्सोमा बाहेक अन्य अंगमा पनि आक्रमण गर्दछ ?



Spread the love

काठमाण्डौं । कोरोना भाइरसले मानिसको स्वासप्रश्वास प्रणालीमा नराम्रोसँग प्रभावित गरी उसलाई मृत्युतर्फ लैजान्छ । तर के यो भाइरसले श्वासप्रश्वास प्रणाली बाहेक शरीरको अन्य हिस्सामा असर पर्दछ त ? के यसको अन्य हिस्सासँग सम्बन्ध छ ? आउनुहोस् यस बारेमा छलफल गरौँ ।

एक रिपोर्टको अनुसार अनुसन्धानले यो दाबी गरेको छ कि कोभिड- १९ ले रक्तकोषमा आक्रमण गरी शरीरका मुख्य अंगलाई खराब गर्दछ । ज्युरिक युनिभर्सिटी हस्पिटलका शोधकर्ता फ्रांक रुचित्जका अनुसार कोरोना भाइरसले फोक्सोमा मात्र नभई शरीरको अन्य हिस्साको रक्तकोषको माध्यमबाट ‍आक्रमण गर्दछ ।

उनले बताएका छन् कि शरीरमा लुकेको यो भाइरस निमोनियाभन्दा धेरै खतरनाक रहेको छ । यो भाइरस रक्तकोषको सुरक्षा कवचले झैं काम गर्ने एंडोथिलियम पत्रको भित्रसम्म प्रवेश गर्न सक्छ । यसले गर्दा शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन सक्छ ।

यसपछि शरीरको अलग-अलग भागमा रक्तसञ्चार ढिलो हुने गर्दछ । रक्तसञ्चार ढिलो हुँदा हृदय, मिग्रौला र आन्द्रा जस्तो शरीरको खास अंगमा समस्या बढ्दछ ।

स्वीट्जरल्याण्ड यूनिभर्सिटी हस्पिटलका हर्ट सेन्टर एण्ड कार्डियोलोजी डिपार्टमेन्टका प्रमुख रुचित्जले भने, ‘के तपाईंले कहिल्यै सोंच्नु भएको छ कि धुम्रपान गर्ने मानिस अथवा पहिलाबाट कुनै बिमारीको सिकार भएका मानिस यो भाइरसको सिकार किन चाँडै हुन्छन् ?’

हृदय रोग, उच्च रक्तचाप, मधुमेह र मोटाेपन जस्ता गम्भीर बिमारीबाट पहिला नै सिकार भएका मानिस यस भाइरसको चपेटामा चाँडै आउँछन् । यस्तो स्थितिमा रक्तकोषको सुरक्षा गर्ने एण्डोथिलियम पत्र कमजोर पर्दछ र जुन कारणले यस भाइरसले सजिलैसँग आक्रमण गर्दछ ।

रुचित्जका अनुसार उनले तीन यस्तो केस देखेका छन् जहाँ संक्रमितको रक्तनली भाइरसले भरिएको थियो । जसले गर्दा ती संक्रमितको शरीरको अंग खराब भईरहेका थिए ।

ती तीन केसमध्येव ७१ वर्षीय एक वृद्ध हाइपरटेन्सनको बिमारीबाट पीडित थिए । कोरोना भाइरसको चपेटमा आएपछि उनको शरीरको धेरै भागले काम गर्न बन्द गरेको थियो । केही दिनपछि ती वृद्धको ज्यान गएको थियो ।

५८ सालका एक मधुमेह, हाइटपरटेन्सन र मोटाेपनबाट पीडित व्यक्तिमा पनि यस खालको समस्या देखिएको थियो । ती व्यक्तिमा रक्तसञ्चार ढिलो हुँदा फोक्सो, मिग्रौला, कलेजो र मुटुमा समस्या देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्