Logo

भारतको क्वारेन्टाइनमा बाबुको किरिया बसेका ३ जनालाई नेपाल ल्याइयो



Spread the love

१० वैशाख, बैतडी – भारतको क्वारेन्टइनमा बसेका ३ दाजुभाईलाई नेपाल ल्याइएको छ । वैशाख ६ गते बाबुको मृत्यु भए पनि लकडाउनले सिमा बन्द भएर उनीहरू नेपाल आउन पाएका थिएनन् ।

भारतीय क्वारेन्टाइनमा रहेका अमरसिंह,प्रेमसिंह र रामसिंह धामीलाई बुधबार साँझ नेपाल ल्याइएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताए अनुसार ३ जना दाजुभाईलाई जिल्ला प्रशासन कार्यालय बैतडी र भारतीय प्रशासनको समन्वयमा नेपाल ल्याइएको हो ।

अब ३ जनाकै यापिड टेस्ट गर्दा रिपोर्ट नेगेटिभ आएमा घर पठाइने बताइएको छ ।

भारतको पिथौरागढमा काम गर्ने उनीहरू नेपाल प्रवेश गर्न पाएका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्