Logo

कोरोना भाइरसः दिल्लीमा संक्रमितको पछिल्लो अपडेट



Spread the love

१० वैशाख, दिल्ली – भारतको दिल्ली महानगरमा कोरोना भाइरसका संक्रमितको संख्या २ हजार १५६ पुगेको छ । दिल्लीमा मात्र यतिधेरै संक्रमित हुन पुगेका यहाँका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनले बुधबार जानकारी दिएका छन् ।

यी संक्रमितमध्ये ६११ जना निको भएर घर फर्किएका जनाइएको छ । बुधबार बिहानसम्म संक्रमितको संख्या यति पुगेको र मंगलबार मात्र ७५ जना थपिएको सो समाचारमा जनाइएको छ ।
नयाँ दिल्लीमा रहेका यी संक्रमितमध्ये २७ जना आइसियुमा रहेका छन् भने ५ जना भेन्टिलेटरमा राखिएको स्वास्थ्यमन्त्री जैनले एएनआई समाचार समितिलाई बताए ।

यसैगरी दिल्लीका पनि कैयौँ पत्रकारलाई कोरोनाको संक्रमण भएका समाचारहरु पनि आइरहेको जानकारी उनले दिए । तर कतिजना पत्रकारलाई संक्रमण भएको छ भन्ने बारेमा भने उनले केही बताएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्