११ वैशाख, एजेन्सी – विश्व मानव समुदायलाई नै त्रसित बनाइरहेको कोरोना भाइरसले बिरालोमा पनि संक्रमण गरेको छ । अमेरिकाको न्युयोर्कमा २ वटा बिरालोमा कोरोना भाइरसको संक्रमण देखिएको सिडिसिले जनाएको हो ।
कोरोना संक्रमित मध्ये एउटा बिरालो परीवारका कुनै मानिसका संक्रमण नभएको परिवारको रहेको बताइएको छ ।
घर पालुवा जनावरमा समेत कोरोना भाइरसले आक्रमण गरेपछि अर्को चिन्ताको विषय बनेको अमेरीका स्थित सिडिसिले जनाएको छ ।
यसअघि अमेरिका मै चिडियाखानाको बाघमा पनि कोरोना संक्रमण रहेको पाइएको थियो ।
प्रतिक्रिया दिनुहोस्