Logo

पूर्वसचिव भीम उपाध्यायविरुद्ध साइबर अपराधको मुद्दा चलाइने



Spread the love

११ वैशाख, काठमाडौं ।पूर्वसचिव भीम उपाध्यायविरुद्ध साइबर अपराधको मुद्दा चलाइने भएको छ । जिल्ला अदालतमा उपस्थित गराएर प्रहरीको साइबर ब्यूरोले उनलाई म्याद थप माग गर्ने तयारी गरेको हो।

प्रहरीले उनलाई बुधबार साँझ ललितपुरबाट पक्राउ गरेको थियो । उपाध्यायमाथि सामाजिक सञ्जालमा जथाभावी टिप्पणी गरेर विद्युतीय अपराध गरेको अभियोग रहेको छ । सचिवबाट अवकाश पाएपछि उपाध्यायले सरकारका गतिविधिविरुद्ध खरो आलोचना गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्