Logo

आमाको मुख हेर्ने दिनमा एनसेलको कोसेली



Spread the love

११ वैशाख, काठमाडाैँ – टेलिकम सेवा प्रदायक कम्पनी एनसेलले विभन्न प्रकारका अफरहरू आफ्ना ग्राहकमाझ लिएर आएको छ । आमाको मुख हेर्ने दिन पारेर एनसेलले ग्राहकमाझ अफर ल्याएको हो ।

एनसेलको नयाँ अफर अन्तर्गत एनसेलका प्रिपेड प्रयोगकर्ताले एसएमएस, भ्वाइस प्याक र डेटा प्याक आफ्ना मान्छेहरूलाई उपहार स्वरूप दिन पाउने भएका छन् ।

वैशाख ११ गतेदेखि प्रिपेड ग्राहकले आफ्ना मान्छेलाई ७५ मिनेटको भ्वाइस प्याक ६२ रूपैयाँ ५७ पैसामा पठाउन पाउने छन् । त्यसै गरी ३१ रूपैयाँ ९२ पैसामा ५५ मिनेटको भ्वाइस प्याक, ४४ रूपैयाँ ६९ पैसामा ६ सय एमबी डेटा, ९७ रूपैयाँमा दैनिक २१ सय एमबी डेटा र २४ रूपैयाँ २६ पैसामा १ हजार वटा एसएमएस उपहार स्परूप पठाउन सक्नेछन् ।

माथि उल्लेखित अफरहरू प्राप्त गर्न एनसेल प्रयोगकर्ताले १७१११ डायल गरी दिएको निर्देशन पालना गर्नुपर्नेछ । ७५ मिनेटको भ्वाइस प्याक ७ दिन, ५५ मिनेटको भ्वाइस प्याक ३ दिन, ६ सय एमबी डेटा ३ दिन तथा १ हजार वटा एसएमएस ३० दिनका लागि मान्य हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्