Logo

चीनमा कोरोनाको नयाँ रुप



Spread the love

११ वैशाख, एजेन्सी । चीनमा कोरोनाको मामिलामा कमी आईरहेको छ । तर त्यहाँ कोरोनाको नयाँ रूप देखेर मानिसको मनमा डर बसेको छ । त्यसैले त्यहाँ बिरामीलाई मानसिक रूपमा मजबुत बनाउनको लागि मनोवैज्ञानिक सल्लाह दिन थाकिएको छ । कोरोनाबाट निको भएका बिरामी २ महिनापछि कोरोना टेस्ट गर्दा पोजेटिभ आएको छ ।

वुहानका एक डाक्टरका अनुसार अब चीनमा यस्तो मामिला तीव्र गतिले बढिरहेको छ । कोरोना भाइरसबाट ठीक भएपछि पनि मानिसमा टेस्ट गर्दा पोजेटिभ देखिएको छ र कुनै कुनैमा यस भाइरसको कुनै लक्षण देखिएका छैनन् । यस्तो खालको केसमा डाक्टरलाई ठुलो चुनौती भएको छ किनकि चीन अहिले कोरोनाको नयाँ रुपसँग लडिरहेको छ । ठिक भएका बिरामीमा ५०-६० दिनदेखि ७० दिनपछि पुन: कोरोना पोजेटिभ पाईएको छ ।

मानिस पटक-पटक कोरोना संक्रमित हुँदा पुरै विश्वको लागि चिन्ताको विषय बनेको छ । आर्थिक घाटालाई मध्यनजर गर्दै धेरै देशले अब लकडाउन खोल्ने विचार गरिरहेका छन् । चीनीयाँ स्वास्थ्य अधिकारीका अनुसार कोरोनाको नयाँ बिरामीबाट अरु मानिसमा संक्रमण भएको पुष्टि भने छैन । चीनमा यस्ता खालका केसहरु दर्जनौँ आईसकेका छन् ।

दक्षिण कोरियामा लगभग १, ००० मानिस चार साता अथवा यो भन्दा बढी समयसम्म कोरोना टेस्ट गर्दा पोजेटिभ आएका छन् तर इटालीका स्वास्थ्य अधिकारीका अनुसार त्यहाँका धेरै बिरामीमा लगभग एक महिनासम्म भाइरसको टेस्ट गर्दा पोजेटिभ देखियो ।

अहिलेसम्म यो कुराको जानकारी मिलेको छैन कि यी बिरामी कत्तिको संक्रामक छन् । वुहानमा डाक्टरहरु यिनीहरुलाई लामो समयसम्म आइसोलेसनमा राख्न चाहन्छन् । बिरामी संक्रामक भएको नभएको पुष्टि नभएसम्म आइसोलेसनमा राख्ने निर्णय भएको छ । यो सबै जनताको सुरक्षाको लागि गरिएको डाक्टरहरु बताउँछन् ।

यस्तो खालको मामिलामा अस्पतालमा धेरै दबाव परेको छ र यसकारण मानिसको तनाव कम गर्नको लागि काउन्सेलिङ्गको सहयोग लिन थालिएको छ ।

वुहानका एक अस्पतालका उपाध्यक्षका अनुसार ७० दिन पहिला भाइरस संक्रमित भएको मानिसमा लगातार चेक गर्दा पोजेटिभ देखिएको थियो । यस्तो खालको समस्या सार्सको बिरामीमा पनि देखिएको थिएन । सन् २००३ मा सार्सको कारणले सबैभन्दा बढी संक्रमित चीनीयाँ नागरिक नै भएका थिए ।

चीनमा कोरोना भाइरसका बिरामीमा दुई टेस्ट नेगेटिभ आएपछि अस्पतालबाट छुट्टी दिने गरिएको छ । यदि उनीहरुमा लक्षण नदेखिएमा यस प्रक्रियामा २૪ घन्टाको अतिरिक्त समय लाग्दछ । केही डाक्टरहरुले टेस्टको सङ्ख्या दुईदेखि बढाई तीन अथवा त्योभन्दा बढी बनाउनको लागि माग गरेका छन् ।

चीनमा राष्ट्रिय स्वास्थ्य आयोगका अधिकारी गुओ यानहोंगले भने,’ कोरोना भाइरस नयाँ खालको भाइरस हो । यसको बारेमा अहिले जति जानकारी मिलेको छ त्यो निकै कम हो ।’ चीनका डाक्टर र विशेषज्ञहरु मानिसमा फरक-फरक तरिकाले किन भाइरस फर्किएको छ भनी बुझ्न कोसिस गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्