Logo

दुई इन्सपेक्टरबाट कुटिए डीएसपी



Spread the love

११ वैशाख, काठमाडौं । सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक (डीएसपी) मानबहादुर शाही मंगलबार राति दुई इन्सपेक्टरबाट कुटिएका छन् ।

२ दिनपछि बाहिर आएको घटनामा रुपन्देहीस्थित गुल्मपति रहेका डीएसपी शाहीलाई इन्सपेक्टरद्वय केशव भट्टराई र दयाराम पौडेलले ब्यारेकमै कुटपिट गरेका हुन् ।

सशस्त्र प्रहरी प्रधान कार्यालय, हलचोकका अनुसार लकडाउनको समयमा मदिरा पिएर डीएसपीमाथि कुटपिट गर्ने दुवै इन्सपेक्टर नियन्त्रणमा छन् ।

प्रतिक्रिया दिनुहोस्