Logo

नेपालमा कोरोनाबाट संक्रमित हुनेहरुको सङख्या ४७ पुग्यो



Spread the love

११ बैशाख, काठमाडौं। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आज गरिएका परीक्षणमा दुई जनामा कोरोना पोजेटिभ पाइएको छ ।

जनकपुरका १४ वर्षीय एक पुरुषमा र उदयपुरकी ५५ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले दुईजना थप भएको र नेपालमा कोरोना संक्रमितको संख्या ४७ पुगेको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्