Logo

चीनद्वारा डब्ल्यूएचओलाई ३ करोड अमेरिकी डलर दिने घोषणा



Spread the love

काठमाडौं । चीनले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)लाई थप ३ करोड अमेरिकी डलर दिने घोषणा गरेको छ ।

चीनले उक्त सहयोग कोरोना भाइरस (कोभिड-१९) विरुद्धको लडाइँका लागि गरेको बताइएको छ । केही दिन अगाडि अमेरिकाले डब्ल्यूएचओलाई दिने अनुदानमा कटाैती गर्ने घोषणा गरेको थियो । उक्त प्रतिक्रिया स्वरुप चीनले डब्ल्यूएचओलाई सहयोग गरेको हो ।

अमेरिकाले उठाएको उक्त कदमप्रति प्रतिक्रिया जनाउँदै हरारी र उनका साथीले पनि डब्ल्यूएचओलाई दश लाख अमेरिकन डलर सहयोग गरी सबैलाई सक्दो सहयोग गर्न आग्रह गरेका थिए ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्ल्यूएचओले चीनको साथ दिएको र कोरोनासम्बन्धि तथ्याङ्क लुकाएको आरोप लगाएको थियो । उक्त आरोपबारेमा डब्ल्यूएचओले कुनै पनि तथ्याङ्क नलुकाएको प्रतिक्रिया दिएको थियो । अमेरिकाले प्रत्येक वर्ष ૪० देखि ५० करोड डलर सहयोग गर्दै आईरहेको थियो भने चीनले जम्मा चार करोड डलर मात्र सहयोग गर्दै आई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्