Logo

६५ वर्षिया महिला पनि कोरोनामुक्त



Spread the love

११ वैशाख,धनगढी – बिहीबार थप एक जना कोरोना संक्रमित कोरोना महिला मुक्त भएकी छिन् ।

सेती प्रादेशिक अस्पतालमा उपचाररत ६५ वर्षिया महिलाको अन्तिम रिपोर्ट पनि नेगेटिभ नै आएको अस्पताल श्रोतले जानकारी दिएको छ ।

वीरगञ्जमा चिया पसल सञ्चालन गर्ने उनी लकडाउन सुरू हुनुभन्दा केही दिनअघि मात्रै धनगढी गएकी थिइन् भने चैतको तेश्रो हप्ता कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएकी थिइन् ।

उनीसँगै कोरोनामुक्त हुने व्यक्तिको संख्या १० पुगेको छ । बिहीबार नै ललितपुरको पाटन अस्पतालबाट २ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्