Logo

चौतर्फी विरोध भएसँगै दुई अध्यादेश फिर्ता लिने सरकारको निर्णय



Spread the love

१२ वैशाख, काठमाडौं । सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश फिर्ता लिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको हो ।

ती दुई अध्यादेशले राजनीतिक दललाई विभाजन गर्न सजिलो हुने र संवैधानिक आयोगमा नियुक्ति गर्दा प्रमुख प्रतिपक्षी दलका नेतालाई बाहिर राख्ने भन्दै चर्को आलोचना भएको थियो।

अध्यादेशको चौतर्फी आलोचना भएपछि प्रधानमन्त्री केपी ओलीले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता माधवकुमार नेपाललाई अध्यादेश खारेज गरिने आश्वासन दिएका थिए । तर, अध्यादेश कहिले फिर्ता हुने अन्यौल बढेपछि भैँसेपाटीमा नेकपाका शीर्ष नेताहरुको बैठकले तत्कालै अध्यादेश फिर्ता हुनुपर्ने निष्कर्ष निकालेको थियो ।

प्रतिक्रिया दिनुहोस्