Logo

कोरोनाले हामी सबै आत्मनिर्भर बन्नै पर्दछ भन्ने पाठ सिकायो – नरेन्द्र मोदी



Spread the love

१२ वैशाख, एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाले हामी सबै आत्मनिर्भर बन्नै पर्ने पाठ सिकाएको बताएका छन् ।

कोरोनाको संकट र लकडाउनको घडीमा मोदीले शुक्रबार ई-ग्रामस्वराज पोर्टल मोबाइल एपको शुभारम्भ गर्ने दौरानमा कोरोनाले हामीलाई पाठ सिकाएको बताएका छन् । मोदीले भने,” कोरोनाले हामीलाई पाठ सिकाएको छ । हामी सबै आत्म निर्भर बन्नै पर्दछ । कोरोनाले हामी सबैको काम गर्ने तरिकामा धेरै फेरेको छ । पहिला हामी सामुन्ने रहेर कार्यक्रम गर्दथ्यौँ भने अहिले भिडियोको माध्यमबाट गर्नु परेको छ । कोरोना भाइरसले अनेक समस्या निम्त्याएको छ जसको कल्पना हामीले गरेका थिएनौँ ।”

“यस महामारीले हामीलाई सन्देश पनि दिएको छ । यसले हामीलाई आत्मनिर्भर बनी समस्यासँग जुध्न सिकाएको छ । बिना आत्मनिर्भर हामी यस्ता संकटसँग जुध्न सक्दैनौँ । गाउँ आफ्नो आवश्यकताको लागि आत्मनिर्भर बन्नुपर्छ अनि जिल्ला र प्रदेश पनि आफ्नो आफ्नो स्तरमा उठ्नु पर्दछ ।” मोदीले थपे ।

भारतमा कोरोनाबाट २३ हजार ७७ जना संक्रमित भईसकेका छन् भने ७१८ जनाले ज्यान गुमाइसकेका छन् । भारतमा महाराष्ट्र, दिल्ली, गुजरातजस्ता प्रदेशहरु कोरोनाबाट बढी प्रभावित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्