Logo

कोरोना भाइरस: एसियाली देशको ताजा स्थिति



Spread the love

१२ वैशाख, काठमाण्डौं । एसियाली देशमा कोरोना भाइरससम्बन्धि ताजा स्थिति के छ त ?

१. चीनमा बितेको एक सातामा कोरोना भाइरसको कारण कसैको पनि मृत्यु भएको छैन ।

२. दक्षिण कोरियाको सरकारले हर घरलाई पैसा दिने बताएको छ । योभन्दा पहिले यो योजना निम्न र मध्यम वर्गीय मानिसमा मात्र लागु गरिएको थियो ।

३. कोरोना भाइरसको कारणले गर्दा जापानमा आर्थिक मन्दी आउन सक्दछ । कोरोना भाइरसको कारणले अर्थ व्यवस्थामा नराम्रोसँग असर परेको छ । यहीं कुरालाई लिएर चेतावनी दिईएको छ ।

૪. इण्डोनेसियाले यहीं शुक्रबारबाट घरेलु हवाइ सेवा र सामुन्द्रिक यात्रामा रोक लगाउनेछ ।

५. फिलिपिन्सको मनिला लगायत संक्रमणको खतरा भएको सबै ठाउँमा मे १५ सम्म लकडाउन गरिएको छ ।

६. मलेसियामा १२ मेसम्म लकडाउन हुनेछ । तर कुनै क्षेत्रमा व्यापार फेरि सुरु गर्न अनुमति दिईनेछ ।

प्रतिक्रिया दिनुहोस्