Logo

गजल ( शिला अर्याल ) जिस्काएर मेरी बहिनिलाई अब साली नभन



Spread the love

 

भने नि मलाई मन पर्दैन तिमी काली नभन
जिस्काएर मेरी बहिनिलाई अब साली नभन

डर हुन्छ कतै तिमी जस्ताको जालमा परिने
केही चलाख पनि त हुनैपर्यो जाली नभन
जिस्काएर मेरी बहिनिलाई अब साली नभन

सुनाउछौ केही अभाब छरे यो बगैचामा भन्दै
बरु हुन्थ्यो तिमीलाईनै बनाउन माली नभन
जिस्काएर मेरी बहिनिलाई अब साली नभन

आफ्नो मर्जी भन्न त पाए एक्लै बेस भनेर
ल सुनाउत एक हातले बजाएर ताली नभन
जिस्काएर मेरी बहिनिलाई अब साली नभन

तिमी आफै तातो दुध निल्नु कि थुक्नु बनाउछौ
अनि जहिले नि मेरो प्रश्नको उत्तर खाली नभन
जिस्काएर मेरी बहिनिलाई अब साली नभन

 

प्रतिक्रिया दिनुहोस्