Logo

जलेर नष्ट भए १ हजार कुखुरा



Spread the love

१२ वैशाख, तनहुँ – भानु नगरपालिका–२ स्थित भकुन्थोकको एक कुखुरा फार्ममा आज बिहान आगलागी हुँदा खोरमा रहेका एक हजार ब्रोइलर कुखुरा जलेर नष्ट भएको छ । आगलागीबाट भौतिक संरचना तथा कुखुरा गरी करीब रु सात लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


विद्युत् चुहिएर अन्दाजी ३ बजे आगलागी भएको थाहा पाएको कुखुरा व्यवसायी हरि बस्यालले जानकारी दिए । बिहान प्रहरी नायब निरीक्षक पूर्णबहादुर अधिकारीको नेतृत्वमा गएको प्रहरी टोलीले घटनाको मुचुल्का तयार गरी ल्याएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।


खरको छानो रहेकाले कुखुराको खोर सजिलै जलेर पूर्ण नष्ट भएको भानु– २ का वडाध्यक्ष अर्जुनबहादुर अधिकारीले जानकारी दिए । ती कुखुरा ३७ दिनका थिए । खोरका कुखुरामध्ये १५÷२० मात्रै जीवित भेटिएकोे बताउँदै उनले कृषकलाई क्षतिपूर्तिका लागि नगरपालिकाका तर्फबाट पहल गरिने आश्वासन दिए ।

प्रतिक्रिया दिनुहोस्