Logo

भारतमा संक्रमण र मृत्युदर दुबै बढ्दो अवस्थामा



Spread the love

एजेन्सी । छिमेकी राष्ट्र भारतमा संक्रमण र मृत्युदर दुबै बढ्दो अवस्थामा रहेको छ । गएको २૪ घण्टामा भारतमा १૪२९ जना नयाँ केस भेटिएका छन् भने ५७ जनाले ज्यान गुमाएका छन् ।

भारतमा एकै दिन कोरोना संक्रमित ४० ...

यससँगै भारतमा कोरोनाबाट संक्रमित हुनेहरुको सङ्ख्या २૪, ५०६ पुगेको छ भने ७७५ जनाले ज्यान गुमाएका छन् । यसै गरी ५, ०६३ जना निको भई घर फर्केका छन् । भारतमा सबैभन्दा बढी प्रभावित महाराष्ट्र प्रदेश भएको छ । महाराष्ट्रमा कोरोनाबाट ६८१७ जना संक्रमित भएका छन् भने ३०१ जनाको मृत्यु भएको छ । महाराष्ट्रपछि गुजरात भारतमा दोस्रो स्थानमा रहेको छ ।

गुजरातमा २८१५ जना संक्रमित छन् भने १२७ जनाले ज्यान गुमाइसकेका छन् । यसै गरी दिल्लीमा २५१૪ जना संक्रमित छन् भने ५३ जनाले ज्यान गुमाएका छन् । राजस्थानमा २०३૪ जना संक्रमित भएका छन् भने २७ जनाले ज्यान गुमाएका छन् । मध्य प्रदेशमा मृत्युदर बढी रहेको छ । मध्य प्रदेशमा १८५२ संक्रमित हुँदा ९२ जनाको ज्यान गएको छ । तमिल नाडुमा १७५५ जना संक्रमित हुँदा २२ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्